
बैतडीको सुर्नयामा जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा एक जना घाइते भएका छन् ।

सुर्नया गाउँपालिका-२ पनोला स्थित सतबाँझबाट लिसकिटातर्फ जांदै गरेको से ५ प ३५७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००२२ नम्बरको जिप एकआपसमा ठोकिँदा मोटरसाइकल चालक घाइते भएका हुन् ।
घाइते हुनेमा सुर्नया गाउँपालिका–२ का २५ वर्षीय दीपक चन्द घाइते घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित :- २०८१ पुष २९, गते सोमबार