कर्णाली नदीमा माछा मार्न गएका बजुराका पुसे भण्डारीको मृत्यु भएको छ ।

आइतवार माछा मारेर पीठ्यूँमा माछा मार्ने जाल, हातमा माछा बोकेर उनी फर्किने बेला एक्कासी चिप्लीएर कर्णाली नदीको किनारामा खसेर घाइते भए । घाइते भण्डारीको उद्दार हुन नसकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको शव नदीको खोचमा रहेको छ । भण्डारीले उद्दारका लागि आफ्न्तलाई फोन गरेका थिए । भण्डारीले फोन गरेपछि गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिकासहित आठ जना उद्दारका लागि घटना स्थल पुगे ।
४ बजेतिर उनी लडेका हुन् । ५ बजेपछि आफन्त पुगे त्यहाँ पुग्दा ३८ वर्षका भण्डारीको मृत्यु भइसकेको थियो । प्रहरीको उद्दारटोली र मृतकका आफन्त आठै जना आइतवार देखिनै घटनास्थलमा रहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । नदिमा पानीको बहाव धेरै रहेकाले आइतवार उद्दार गर्न नसकिएको डिएसपी चौधरीले जानकारी दिए । उद्दारका लागि बोटको व्यवस्था भइसकेको र केही समयमा मृतक र आफन्तको उद्दार गरिने चौधरीले बताए ।



