कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा न्यू होराइजन एजुकेशन फाउन्डेसन सञ्चालनमा आएको छ । कक्षा १० देखी १२ पढ्ने बिद्यार्थीहरुलाई मध्यनजर गरेर न्यू होराइजन एजुकेशन फाउन्डेसन सञ्चालनमा आएको हो । साथै बढ्दो बेरोजगारी समस्या र युवा युवतीहरूको वैदेशिक रोजगार प्रतिको लगावलाई मध्यनजर गर्दे इपिएस टपिन को तयारी कक्षा समेत सञ्चालन हुने बताइएको छ ।
शनिवार एक कार्यक्रमका बिच न्यू होराइजन एजुकेशन फाउन्डेसनको उद्घाटन वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझाले गरेका छन् । अब सुखड बाटै कक्षा १० देखी १२ पढ्ने बिद्यार्थीहरुले विभिन्न विषयहरूको टिउसन कक्षाहरू लिन सक्ने सञ्चालक नरेश जङ्ग शाहीले बताए । बिद्यार्थीहरुलाई बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर गरेर आफ्नै ठाउँमा न्यू होराइजन एजुकेशन फाउन्डेसन सञ्चालनमा ल्याएको शाहीले बताए ।
लामो समय देखी विभिन्न शिक्षण पेसामा आबद्ध दक्ष तथा अनुभवी शिक्षकहरू बाट अध्यापन गराइने उनको भनाई थियो । साथै कोरियन सङ्काय तर्फको भाषा समेत पठाई हुने सञ्चालक शाहीले बताए । कार्यक्रममा यस क्षेत्रमा रहेका विभिन्न कलेज तथा विद्यालयबाट शिक्षक, विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियो । शिक्षक मोती बोहराको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक सागर भण्डारीले गरेका थिए ।



प्रकाशित :- २०८१ कार्तिक २४, गते शनिबार

