कैलाली : सोमबार दिउसो लाइटर बोकेर पूर्वबाट पश्चिम तर्फ आइरहेको ट्रकमा एक्कासि कर्णाली पुलमाथि आगो लागेको छ । उक्त ट्रकमा ग्यास पनि रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो पूर्वदेखि पश्चिमतर्फ लाइटर बोकेर आँउदै गरेको ना पा ख ५२९७ नम्बरको ट्रकमा कैलाली र बर्दिया जोड्ने कर्णाली चिसापानी पुल माथि एक्कासि आगो लागेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले जानकारी दिनु भयो ।
ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिसकेको पनि डाँगीले जानकारी दिए छ ।
आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल र बर्दियाको दमकल पुगी सकेको उनले जानकारी दिए ।
आगो लाग्नुको कारण भने खेलेको छैन् । अहिले ठूलो सङ्ख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन् । विस्तृत जानकारी आइसकेको छैन् ।



