नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा आंशिक रुपमा बन्द हुने भएको छ ।
नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलअन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकोले सडक बन्द गरिने आयोजनाले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
सडक बिहीबारदेखि मंसिर ५ गतेसम्म केही समय बन्द हुनेछ । आयोजनाले जारी गरेको सूचना अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक आंशिक रुपमा बन्द हुने भएको छ ।
उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख छ । २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ ।
सडक बन्द रहेको बेलामा लेन अनुशासन कायम गर्न र सम्भव भए वैकल्पिक सडक प्रयोग गर्न पनि आयोजनाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।