
कैलालीमा नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ माघी स्थित कृष्ण बहादुर साउँदको पसलमा जुवातास खेलिरहेका भन्ने गोप्य सूचनाका आधारमा सोमबार राती इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालको कमाण्डमा खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका –४ बस्ने ४८ वर्षीय कृष्ण बहादुर साउँद, ६१ वर्षीय नर बहादुर खडायत, ३४ वर्षीय वीरेन्द्र धानुक, ५२ वर्षीय बिर सिंह रतौकी, ३५ वर्षीय गणेश साउँद र बैतडीको पुचौंडीका २३ वर्षीय जनक साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडको टोलीले उनीहरुको साथबाट ३१ हजार ५ सय नगद र तास समेत बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालले जानकारी दिए । सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




