कैलालीको कैलारी गाउँपालिका बाट अवैध काठ बरामद गरिएको छ। पालिकाको वडा नम्बर ६ वनकट्टाको मातृभुमी सामुदायिक वन भित्र वेवारिसे अवस्थामा सालको ३ वटा गोलिया ६१.६५ क्युफिट काठ मंगलवार साँझ बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिईएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ। उक्त काठलाई सब–डिबिजन बन कार्यालय फुलवारीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ।
प्रकाशित :- २०८० आश्विन १०, गते बुधबार