लागूऔषध मुद्दामा फरार रहेका धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकेका धनगढी उप–महानगरपालिका –९ बस्ने २४ वर्षीय दिनेश बोहरा पक्राउ परेका हुन ।
बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो ।


प्रकाशित :- २०८१ फाल्गुन २८, गते बुधबार

