नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटीका अध्यक्ष खगेन्द्र हमाल कठमाडौंबाट पक्राउ परेका छन् । बैङ्किङ कसुर मुद्दामा हमाल काठमाडौँमा पक्राउ परेका हुन् ।
अनामनगर प्रहरी वृत्तले उनलाई असोज ३ गते पक्राउ गरिएको जानकारी दिएको छ । काठमाडौँ जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा कैद र जरिवाना सहितको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका हमाललाई काठमाडौँ लुकिछिपी बसेको अवस्थामा महानगरिय प्रहरी वृत्त, अनामनगरको टोलीले नियन्त्रणमा लिएको अनामनगर प्रहरी वृत्त काठमाडौँ प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर शाहले जानकारी दिए । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै हमालले ४५ लाखको चेक काटेको बुझिएको छ ।
हमाल राष्ट्रिय माध्यमिक विद्यालय सुखडका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।



प्रकाशित :- २०८१ आश्विन १०, गते बिहीबार

