अछामको रामारोशन गाउँपालिकामा बाघको आक्रमणमा परि ३ जना घाइते भएका छन् । घाइते हुनेमा पालिकाको वडा नम्बर ६ घटाकाटीया बस्ने वर्ष ३७ का जगत बहादुर साउँद, सोही ठाउँका वर्ष २१ का सूर्य बहादुर साउद र हैकला देवी साउँद रहेका छन् ।
उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार उनीहरू पानी पर्दा गोठमा ओत लागिरहेको अवस्थामा बाघले आक्रमण गरेको थियो । यस्तै बाघले सोही ठाउँमा ३ वटा बाख्रा र ४ वटा गोरुलाई मारेको छ ।





