प्रेस चौतारी नेपाल कैलाली जिल्ला समितिले वार्षिक कार्य योजना निर्माण गरेर पारित गरेको छ । शनिवार धनगढीमा बसेको प्रेस चौतारीको तेस्रो बैठकले उपाध्यक्ष समेत रहेका कार्य योजना निर्माण समितिका संयोजक लोकु सिंह ठकुरीले पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्य योजना सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
कार्य योजनामा प्रेस चौतारीको अक्षयकोष स्थापना तथा घोषणा सभा देखि स्मारिका प्रकाशन, वेबसाइट निर्माण, सदस्यता शुद्धीकरण, सांगठानिक प्रशिक्षण, साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण लगायतका योजना समावेश गरिएको छ ।
सङ्गठनका सचिव दिनेशबहादुर विष्टले शनिवारको बैठकले अक्षयकोष व्यवस्थापन समितिलाई पूर्णता दिँदै २५ भदौमा धनगढीमा भव्य समारोहबिच अक्षयकोष स्थापना तथा घोषणा गरिने बताए ।
उनका अनुसार अक्षयकोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधिबमोजिम अक्षयकोष व्यवस्थापन समितिको अध्यक्षमा सङ्गठनका अध्यक्ष जनकसिंह विष्ट र सदस्य सचिवमा सचिव दिनेशबहादुर विष्ट रहेका छन् भने सोही कार्यविधिअनुसार शनिवारको बैठकले सहसचिव भूपेन्द्र वि.क.(प्रिन्स), पूर्णबहादुर साउद र भुवनेश्वरी रानालाई व्यवस्थापन समिति सदस्यमा मनोनीत गरेको छ ।
वार्षिक कार्य योजनाअनुसार भदौ ७ गते जनसंगठनहरुसँग अन्तरक्रिया, असोज १ गते अग्रजसँग प्रेस चौतारी कार्यक्रम, असोज ८ गते दसैँ मिलन तथा वनभोज कार्यक्रम आयोजना गरिनेछ । कार्तिक १५ देखि मङ्सिर १५ को अवधिलाई सङ्गठनात्मक शुद्धीकरण, प्रशिक्षण अभियान र पत्रकारका लागि डिजिटल सुरक्षा तालिम सञ्चालन गर्ने कार्य योजना बनाइएको सचिव विष्टले बताए ।
यस्ता छन् वार्षिक योजनाका १३ बुँदा
१) अक्षयकोष स्थापना तथा घोषणा–भदौ २५ गते
२)जनसंगठनहरुसँग अन्तरक्रिया–भदौ ७ गते
३) अग्रजसँग प्रेस चौतारी– असोज १ गते
४)दसैँ मिलन तथा वनभोज कार्यक्रम–असोज ८ गते
५) सङ्गठनात्मक प्रशिक्षण अभियान, सदस्यता शुद्धीकरण तथा नवीकरण र पत्रकारका लागि डिजिटल सुरक्षा तालिम –कार्तिक १५ देखि मङ्सिर १५ सम्म
६) पत्रकार महासङ्घका प्रतिनिधिसँग अन्तरक्रिया–पुस १५ गते
७) स्थापना दिवसमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर तथा औपचारिक समारोह–माघ २२ गते
८) नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन –चैत २८ गते
९) जनप्रतिनिधि र प्रेस चौतारीबिच अन्तरक्रिया– वैशाख
१०)प्रदेश समितिसँगको समन्वयमा गणतन्त्र दिवस मनाउने
११) प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रहरी प्रशासन र सरोकारवालासँग पत्रकार सुरक्षा संवाद– ३ मे
१२) मदन भण्डारी जन्म जयन्तीको अवसरमा १४ असारमा कलाजीवीका लागि चौतारी किन ? विषयक अन्तरक्रिया
१३) असार मसान्तभित्र प्रेस चौतारीको स्मारिका प्रकाशन तथा वेबसाइट निर्माण
प्रेस चौतारी कैलालीका अध्यक्ष जनकसिंह विष्टको अध्यक्षतामा बसेको तेस्रो बैठकका प्रमुख अतिथि सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज हरि जोशी रहेका थिए । एमाले कैलालीका उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख चूडामणि भट्ट विशेष अतिथि थिए भने सङ्गठनका सुदूरपश्चिम अध्यक्ष नरेन्द्रसिंह कार्की, सदस्य रमित वि.क. लगायत अतिथिका रूपमा सहभागी थिए ।


