
कञ्चनपुरको गड्डाचौकी सीमानाका भएर नेपाल प्रवेश गरिरहेका दुई जना भारतीय नागरिकलाई भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित पक्राउ गरेको छ ।


गड्डाचौकीको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रवार कञ्चनपुर आउँदै गरेका दुई भारतीय नागरिकलाई ४० थान गोलीसहित पक्राउ गरेको हो ।
एसएसबीले अल्मोडाका ४७ वर्षीय दिनेश चन्द्र र नैनीतालका ४० वर्षीय सतिश नैनवाललाई पक्राउ गरेको जनाएको छ । एसएसबीले पक्राउ परेका व्यक्तिबाट ७ दशमलव ६५ एमएमका ४० थान जिउँदा कारतुस बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई एसएसबीले वनबासामा रहेको जनपद प्रहरीको जिम्मा लगाएको छ ।



