कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये ३ जनाको सनाखत भएको छ । ज्यान जानेमा रौतहट औरही नगरपालिका ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, नेपाल आर्मीको कालिजंग गण गोरुसिङ्गे कार्यरत सल्यानका अर्जुन कुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
महेन्द्रनगर बाट काठमाडौँका लागी छुटेको सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका १ सुराही पुल नजिकै गयराती १ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा १० जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।
घाइतेहरूमा चालक पूर्ण चन्द, सहचालक अर्जुन कार्की, केशव हमाल, मनोज विक, नवीन भट्ट, गीता कुवर, नितिन कुवर, सन्तोष चौधरी, गणेश काफ्ले, नितेश सुनार, सृष्टि काफ्ले, रेखा आचार्य, सुनिल कुँवर, राजेश दाहाल, लोक बहादुर कार्की, ज्ञानेन्द्र पाल, मोहन सिंह लोहार, विशाल भुजेल, महेश सुनार, अशोक सिंह धामी, मनोज सिंह धामी लगायत रहेका छन् ।
प्रकाशित :- २०८० फाल्गुन ३, गते बिहीबार