कैलाली : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा अनेक खेल खेल्दै आएको छ । हप्ता दिन नवित्दै संसदीय दलको नेता पुनः फेरेको छ ।
नागरिकले असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो । तर सो निर्णय भएको एक साता नबित्दै पुनः घनश्याम चौधारीलाई दलको नेता चयन गरेको छ । साउन २ गतेको बैठकले घनश्याम चौधरीलाई दलको नेता, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतक चयन गर्ने निर्णय गरेएको छ ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट सात जना प्रदेश सभा सदस्य छन् । घनश्याम चौधरीलाई दलको नेता बनाउने निर्णयमा घनश्याम चौधरी, लक्ष्मण किशोर चौधरी, रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन् । कैलाश चौधरी, खुसीराम चौधरी र टीका थापाले उक्त निर्णयमा हस्ताक्षर गरेका छैन । असार २९ गते लक्ष्मण किशोर चौधरीले हस्ताक्षर गरेर खुसीराम चौधारीलाई दलको नेता बनाएका थिए भने लक्ष्मण किशोरले नै साउन २ गते घनश्याम चौधरीलाई दलको नेता बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन् ।