कैलालीमा सुत्केरी ब्यथा लागेपछि स्वास्थ केन्द्र जाने क्रममा महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन् । मोहन्याल गाउँपालिका९३ को बुढीआमकी २२ वर्षीया दुर्गा बिकले सोमबार बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।
उनी प्रसुती गराउन बुढीआमदेखि फल्लेबिसौँना आधारभूत स्वास्थ केन्द्र आइरहेकी थिइन् । सोही क्रममा बाटोमा पर्ने जंगलमा नवजात शिशुलाई जन्म दिएको स्वास्थ केन्द्रकी अनमी रूपा खत्रीले बताइन् ।
स्वास्थ केन्द्रबाट खत्रीसहितका स्वास्थकर्मी एम्बुलेन्स लिएर बिकले शिशु जन्म दिएको ठाउँमा पुगेर सहयोग गरेका थिए । स्वास्थ केन्द्रमा सामान्य हेरचाहपछि आमा र शिशुको स्वास्थ अवस्था सामान्य भएका कारण डिस्चार्ज गरिएको छ ।
केन्द्रले उनीहरूलाई एम्बुलेन्सबाटै घरसम्म छाडिएको जनाएको छ ।


