बाजुरामा ढुंगा प्रहार गरि एक युवकको हत्या गरिएको छ ।
स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले कुटपिट गरी बुढाकाे ढुंगाकाे प्रहार गरेकाे बताए ।
बुढाको घटनास्थलमै मृत्यु भएको उनले बताए । घटनाबारे वडा अध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रविन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोली घटनास्थल पुगेर धनबहादुर महतरालाई नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्न रहेका उनका छोरा हेमराज महतरा भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


