कैलालीको पहलमानपुरमा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि सिसिटिभी र होडिङ बोर्ड जडान गरिएको छ । घोडाघोडी नगरपालिका र सहारा युवा क्लबको सहयोगमा शनिवार नेपाल प्रहरी र ट्राफिक प्रहरीले व्यवस्थापनको काम गरेको हो ।
सडक सचेतनाका होडिङ बोर्ड सँगै सडकमा २ थान सिसिटिभी जडान गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट पहलमानपुरका इन्चार्ज प्रहरी हवलदार दिलबहादुर साहुले बताए ।
पहलमानपुर बजार क्षेत्रमा पनि तीव्र गतिमा हुइँकिने सवारीले दुर्घटनाको जोखिम बढेपछि सडकमा होडिङ बोर्ड र ड्रम राखिएको छ । यो बजारमा अब दोहोरो सवारी पास हुने छैनन् । सवारी साधन अब कम गतिमा हिँड्नु पर्ने भएकाले दुर्घटनाको जोखिम समेत कम हुनेछ ।