कैलालीको बर्दगोरिया गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको ५२ प्रतिशत रकम खर्च गरेको छ । अन्य बजेट तर्फ ३० प्रतिशत बजेट कार्यान्वयन गरेको पालिकाले सामाजिक सुरक्षा भत्तामा ५२ प्रतिशत खर्च गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट मध्ये १३ करोड १६ लाख ४० हजार रकम पालिकालाई प्राप्त भएको छ भने त्यो मध्ये ६ करोड ८० लाख ७० हजार ५५ रुपैयाँ खर्च भएको छ । यस गाउँपालिकामा ३ हजार ८ सय ३३ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।
प्रकाशित :- २०८० फाल्गुन १, गते मंगलवार