समाचार सारांश
- • आइतबार सम्पन्न सेमीफाइनल खेलमा घोडाघोडी रातोले SKS गैंडाखेडालाई हराएको छ भने भजनी स्पोर्ट्स एकेडेमीले गौरीगंगा नगरपालिकालाई पराजित गरेको थियो।
- • दुवै खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टी सुटआउट मार्फत गरिएको थियो।
घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा जारी मदन भण्डारी कप जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा घोडाघोडी क्लब रातो र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भजनीले स्थान बनाउन सफल भएका छन्।
आइतबार सम्पन्न सेमीफाइनल खेलमा घोडाघोडी रातोले SKS गैंडाखेडालाई हराएको छ भने भजनी स्पोर्ट्स एकेडेमीले गौरीगंगा नगरपालिकालाई पराजित गरेको थियो। दुवै खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टी सुटआउट मार्फत गरिएको थियो।
आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल सोमबार आयोजना हुने छ र सोही दिन कार्यक्रमको समापन पनि गरिने छ। समापन कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर राउत प्रमुख अतिथिको रुपमा उपस्थित हुनेछन् भने बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर विशिष्ट अतिथिको रूपमा उपस्थित रहने जानकारी आयोजकले दिएको छ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टिमले ५२ हजार २ सय ५०, उपविजेता टिमले ३२,हजार २ सय ५० तथा उत्कृष्ट खेलाडी र उदयमान खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताले जिल्लाभरिका फुटबल प्रेमीहरूलाई आकर्षित गर्दै, स्थानीय खेलकुदको विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।





