कैलाली कारागारको जेलरका रूपमा प्रकाश ढुङ्गाना खटिएका छन्। कारागार व्यवस्था विभागले नेपालगन्ज कारागारमा कार्यरत रहेका ढुङ्गानालाई कैलाली पठाएको हो।
गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीबीच हिंसात्मक घटना भएपछि विभागले तत्काल जालन्धर भुसाललाई सात दिनका लागि काजमा पठाएको थियो। भुसालको काज अवधि सकिएपछि विभागले नयाँ व्यवस्था स्वरूप ढुङ्गानालाई जिम्मेवारी दिएको हो। ढुङ्गानालाई पनि साउन ३० गतेदेखि भदौ ५ गतेसम्मका लागि काज खटाइएको कारागार स्रोतले जानकारी दिएको छ।
ढुङ्गानाले शनिवार कैलाली कारागारको जिम्मेवारी सम्हालेका छन् ।


