सुखड : कैलालीका विभिन्न ठाउबाट बुधबार प्रहरीले तीन युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
बुधबार साँझ धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित अछाम साँफेबगर नगरपालिका–४ का ३० वर्षीय सन्तोष सुनारलाई प्रहरीले नियन्त्रणमा लियो । सुनारलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा लागूऔषधसहित नियन्त्रण गरेको हो ।
यस्तै जिल्लाकै गोदावरी नगरपालिका–१ भरतपुर स्थित राम जानकी मन्दिर नजिकबाट २८० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँका २६ वर्षीय माधब बिष्टलाई पनि बुधवार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । बिष्टलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसै गरी उता टीकापुर नगरपालिका–३ रामपुरबाट १०० मिलिग्राम खैरो हेरोईनसहित जानकी गाउँपालिका–७ बस्ने २६ वर्षीय राजकुमार चौधरी पनि बुधबार साँझ नै पक्राउ परेका छन् । चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।