आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कैलालीको बर्दगोरिया गाउँपालिकाको वार्षिक बजेट १ अर्ब नागेको छ । सोमबार गाउँपालिकाको १६ औँ गाउँ सभा मार्फत उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले कुल १ अर्ब २ करोड ९१ लाखको बजेट प्रस्तुत गरे ।
चालु खर्चतर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको छ । यस्तै सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ आन्तरिक आय सङ्कलन हुने तथा राजस्व बाँडफाँडबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गाउँपालिकाको छ ।
यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण (सङ्घीय सरकार) बाट ५२ करोड २७ लाख प्राप्त भएको छ। भने अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट पाँच करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरी आएको ३ करोड ४५ लाख छ भने सामाजिक सुरक्षाका लागि २७ करोड आम्दानी हुने जनाइएको छ।



