कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा सुरु भएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले थारु समुदायले देउथानको रूपमा पुज्दै आएको मुख्य मन्दिरको स्तर उन्नति गर्न आवश्यक रहेको भन्दै स्थानीय तहले त्यसको डिपिआर तयार गरि प्रदेश सरकारलाई पठाउनु पर्ने बताए ।
उद्घाटन कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, कैलाली क्षेत्र नम्बर ३ का प्रदेशसभा सदस्य खुसीराम डगौरा, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) भरत बहादुर बोहरा, नगरप्रमुख खडक बहादुर रावत, उप-प्रमुख गुलिया कुमारी चौधरी, जनप्रतिनिधि, राजनीतिक दलका नेता लगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो । शुक्रवार वाट सुरु भएको महोत्सव पुस १ गतेसम्म सञ्चालन हुने छ ।
प्रकाशित :- २०८० मंसिर २९, गते शुक्रबार