पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन् ।
गएराति भएको सेमिफाइनल खेलमा स्पेनले मोरक्कोलाई २–१ गोलले पराजित गर्दा अर्को खेलमा फ्रान्सले इजिप्टलाई ३–१ गोलले पाखा लगाउँदै उपाधि भिडन्तको खेलमा भेट पक्का गरेका हुन् । स्पेन र फ्रान्सबीचको फाइनल खेल आउँदो शुक्रवार हुने समय तालिका रहेको छ ।
यसैबीच महिला फुटबलको सेमिफाइनल खेल आज हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा अमेरिका र जर्मनी राति पौने १० बजे खेल्दैछन् भने दोस्रो खेलमा राति पौने १ बजे स्पेन र ब्राजिल खेल्दैछन् ।
प्रकाशित :- २०८१ श्रावण २२, मंगलवार १३:४८


