
घोडाघोडी नगरपालिकामा आमा र बच्चाको पोषणमा सुधार ल्याउने उद्देश्यले संचालन भएको पोषण परियोजनाको अनुगमन गरिएको छ । बिहीबार घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र परियोजनाको संयुक्त टोलीले नगरपालिकाका विभिन्न वडामा संचालनमा रहेका स्वास्थ्य आमा समूहको अनुगमन गरिएको हो ।


अनुगमन टोलीले नगरपालिकाको वडा नम्बर ५मा संचालनमा रहेको इन्द्रेनी स्वास्थ्य आमा समूह, वडा नम्बर ३ मा रहेको प्रगतिशील स्वास्थ्य आमा समूह लगायत दरख स्वास्थ्य चौकीको अनुगमन गरेका छ ।
पोषण परियोजना अन्तरगत पोषण व्यवहारमा परिवर्तन स्तनपान आफुले खानेकुरा कसरी उत्पादन गर्ने, आफु पनि स्वस्थ रहने र अरुलाई पनि स्वस्थ बनाउने , अर्गानिक तरिकाले खेतीबारी गर्ने कुराहरु सिकेको चवालिपुरकी एलीना चौधरीले बताइन । “पहिला हामी तरकारी खेती गर्दैन थियौ” । याक नेपाल संस्था आएर २० जनाको समूह बनायो । यहाँ आएर तालिम दियो । सोही बमोजिम पोषण बगैँचा बनायौँ । अहिले यसैबाट अर्गानिक तरकारी उत्पादन गरेर हाट बजारसम्म लैजाने गरेका छौ” आर्थिक रुपमा पनि राम्रै आम्दानी भएको छ उनले भनिन् ।

हामीलाई हजार दिने आमा समूह भनेर लिनुभयो हजार दिने आमालाई के–के स्याहार, खानपिन, कुन व्यवहारमा परिवर्तन ल्याउनु पर्छ भन्ने कुरा सिकाउनु भयो । बच्चा पेटमा आएपछि आफुलाई कसरी स्याहार्ने कति काम गर्ने कति नगर्ने, लुगाको पहिरन कसरी गर्ने त्यो समयमा खानपिन कति चाहिन्छ रु यी कुराहरु सिक्यौ प्रगतिशील स्वास्थ्य आमा समूह नारायणपुरकी अध्यक्ष उषा चौधरीले भनिन् । यो सँगै बच्चा जन्मिएपछि सुत्केरीले के खाने कसरी खाने काम कति गर्ने, आराम कति गर्ने, स्तनपान कसरी गर्ने , बच्चा खाना खाने भएपछि के खुवाउने, कसरी खुवाउने कति खुवाउने लगायतका कुरा सिक्न पायौँ” चौधरीले बताइन् ।

नगर प्रमुख खडक बहादुर रावतले हजार दिने आमा र प्रजनन क्षमता भएका दिदी बहिनीहरूलाई कुपोषणबाट जोगाउनको लागि पौष्टिक आहार व्यवहारको आनीबानी व्यवहार परिवर्तनका लागि परियोजनाले राम्रो काम गरेको बताए । आमा समूहमा जोडिएका दिदीबहीनीहरुले आफु र आफ्ना परिवारलाई उत्पादन सँग जोड्नु भएको छ । मौसमी बेमौसमी तरकारीहरु उत्पादन गर्नु भएको छ । ती तरकारी विषादी प्रयोग बिनाको अर्गानिक उत्पादन रहेकाले मानसिक स्वास्थ्यका लागि फाइदा जनक रहेको उनको भनाइ छ । यो सँगै परियोजना सँग जोडिएका परिवार आर्थिक रुपमा पनि सबल, सक्षम हुँदै आत्मनिर्भर हुने अवस्था तिर उन्मुख भएको नगर प्रमुख रावतको बुझाइ छ ।


यो परियोजना कैलालीका ५ स्थानीय तहमा लागु छ । घोडाघोडी नगरपालिकामा सीमान्तकृत समुदायका २५ ओटा आमा समूह छनोट गरी एउटा समूहमा २० देखी २५ जना सहभागी छन् ।

अनुगमनमा नगर प्रमुख खडक बहादुर रावत, नगर प्रवक्ता घनश्याम ओझा, स्वास्थ्य शाखा प्रमुख कैलाश रावत, नगरपालिकाका अधिकृत उत्तम कुवँर, महिला तथा बालबालिका शाखा प्रमुख इन्दु जोशी, नगरपालिकाको स्वास्थ्य शाखा र कृषि शाखामा कार्यरत कर्मचारी, सञ्चारकर्मी तथा परियोजनाका संयोजक जगत प्रसाद उपाध्याय लगायतको टोली रहेको थियो ।