समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक दुघर्टना न्यूनीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट साडेपानीले पूर्व पक्षिम्म राजमार्ग अन्तर्गत रहेको सुखड बजारमा आफ्ना कार्यक्रम प्रचार प्रसार गरी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । 
शनिबार विहान सुखड बजारको चोकमा स्थानिय समाजसेवी पत्रकार समेतको उपस्थितिमा सडकमा दुर्घटना न्यूनीकरण सम्बन्धी जानकारी मुलक कार्यक्रम अन्तर्गत स्थानिय अटो चालक , बस चालक ,ट्र्याक्टर चालक लगायतलाई ट्राफिक नियम अनुसार पार्किंग ब्यबस्थापन , सिट बेल्टको प्रयोग , ओभर लोडको कारण हुने क्षति लगायतका विषयमा अस्थायी ट्राफिक प्रहरी पोष्ट साडेपानीका प्रमुख प्रहरी नायव निरिक्षक रोहित कुवँरले सचेतना जानकारी गराएका थिए।
उपस्थित सर्वसाधारणले ट्राफिक प्रहरीले गरेको यो कार्यक्रम सकारात्मक रहेको भन्दै यस्ता किसिमका कार्यक्रम समय समयमा आयोजना गरिनुपर्ने बताएका छन्।
आज मात्र नभएर समय समयमा यस्ता किसिमका कार्यक्रमहरु नियमित रुपमा गर्ने र अभियान कै रुपमा संचालन गर्ने प्रहरी नायव निरिक्षक कुवँरले बताए ।


