कैलालीको गोदावरीमा पानीमा डुबेर एक वालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ बाँसभारीका प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको मृत्यु भएको हो ।

आफ्नै घर अगाडि रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको खाल्डोमा डुबेर बालक घाइते भएका थिए ।
घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएको भएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


प्रकाशित :- २०८१ फाल्गुन ७, गते बुधबार

