पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छुटेका रास्वपा सभापति रवि लामिछाने आइतबार जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका छन्।

काठमाण्डौकाे कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा पनि रहेकाले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने आइतबार जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका हुन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा ८४ दिनसम्म हिरासतमा राखिएका लामिछाने जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको आदेशमा गत बिहीबार धरौटीमा थुनामुक्त भएका थिए ।

उनलाई आफैँ अदालतमा उपस्थित हुने सर्तमा कास्की प्रहरीले रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको जिम्मा लगाएको थियो।

