
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख गौरीकान्त न्यौपानेलाई कालो मोसो दलेको छ । शाखा प्रमुखले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै पार्टीको क्रान्तिकारी युवा सङ्गठनले सोमबार साँझ कालो मोसो दलेको हो ।
सङ्घीय अनुदानमा नगर भित्र ४७ जना शिक्षक नियुक्ति गर्दा प्रति व्यक्ति १ देखि ३ लाखसम्म कमिसन लिएको, नगर स्तरीय खेलकुदका सामाग्री खरिदमा कमिसन खाएको, नगरबाट भएका विद्यालय संरचनामा भ्रष्टाचार गरेको, राजनीतिक दलहरूलाई धम्की दिएको, बिदाको दिन समेत सरकारी गाडी प्रयोग गरेको लगायतका कारण कालो मोसो दलिएको क्रान्तिकारी युवा सङ्गठनले जनाएको छ ।


प्रकाशित :- २०८० माघ २२, गते सोमबार