
कैलालीको घोडाघोडी नगपालिकामा दुई युवती मृत फेला परेकी छिन् ।


घोडाघोडी नगरपालिका-७ कीर्तिपुर कि १६ वर्षीय भावना बोहरा आइतबार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक डिबी साउँदले घर नजिक जङ्गलको किनारमा रुखमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेको जानकारी दिएका छन् ।
यस्तै, घोडाघोडी नगरपालिका-५ बनखेत बस्ने २१ वर्षीय सबिता चौधरी पनि मृत फेला परेकी छन् । आफ्नै घरमा शनिबार दिउँसो मृत फेला परेको परिवारका सदस्यहरुको भनाइ छ ।





प्रकाशित :- २०८१ मंसिर ९, गते आईतवार