नेपालीहरुको दशैं नजिकिए संगै लम्की क्षेत्रमा जुवातास बढेको पाइएको छ । अन्य समयको तुलनामा दशैंमा सबैजना गाउँघर फर्किने भएकाले पनि जुवातास तथा लागुऔषधको प्रयोग बढेको हुन सक्ने आकलन गरिएको छ ।
चाडबाडमा यस्ता गतिविधि बढेको आकलन गरिएपनी लम्की तथा आसपासका क्षेत्रमा दैनिक जसो जुवातास खेल्ने गरेको श्रोतले बताएको छ । “चाडबाडमा मात्र होइन हजुर, यो क्षेत्रमा दैनिक ठूलो जुवा चल्ने गरेको छ । जुवा नखेलाउने सायद यहाँका कुनै होटलहरु छैनन् होला । हामीले प्रहरीलाई यसको सूचना दिएपनी उनिहरु खासै चासो दिदैनन ।” श्रोताले भन्यो ।
यस्तै यस क्षेत्रमा लागुऔषधको प्रयोगकर्ताहरु समेत बढेको श्रोतको दाबी छ । प्रहरीको गतिलो गस्ती नहुँदा साँझपख खुल्ला चौर, जङ्गल आसपास तथा सार्वजनिक भवनहरुमा जम्मा भई हो हल्ला गर्ने गरेका छन् । श्रोत भन्छ,… “प्रहरीले यसका लागि सरोकारवाला सँग समन्वय गरि विशेष योजनाका साथ काम गर्न आवश्यक छ ।”
यता लम्की प्रहरी भने जुवातास तथा लागुऔषध नियन्त्रण गर्न निरन्तर लागि परेको बत्ताउँछ । “धेरै छ सूचना नै आउँदैन, कहिले काहीँ आउने सूचना कति अपुष्ट हुन्छ भने कतिले सुराकी राखेको हुँदो रहेछ । प्रहरी जानासाथ सायद सूचना दिन्छन् होला कोही भेटिदैनन । तर रात दिन नभनी हामी लागि परेका छौ । यसलाई नियन्त्रण गर्न स्थानीयबासी र मिडियाका साथीहरूको सहयोगको अपेक्षा छ ।” इलाका प्रहरी कार्यालय लम्किका प्रमुख प्रहरी निरीक्षक दिर्घ साउदले भने ।