कैलालीमा १६ किलो चरेस सहित एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट १६ किलो १ सय ८० ग्राम चरेस सहित बझाङ घर भएकी ४५ वर्षीया मंगली देवी धामी पक्राउ परेकी हुन ।
चरेसको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले धामीको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा उनको घरको कोठा भित्र सेतोमा रातो धर्सेदार रंगको बोरा भित्र भुसामा लुकाई छिपाई राखेको चरेस र नापतौल गर्ने तराजुसहित फेला पारी नियन्त्रणमा लिएको मालाखेती प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए ।

