कञ्चनपुरमा बुधबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्लाको दोधाराचाँदनी नगरपालिका-६ का ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको हो ।
बुधबार मध्यान्ह १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही स्थानका ३६ वर्षीय जगते सुनार रूखमुनि बसेका थिए । सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए । उपचारका क्रममा यमबहादुरको दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाकै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । लालझाडी-१, नौरङ्गाकी २८ वर्षीया हीरामति रानाको मृत्यु भएको हो । बिहान साढे १० बजे चट्याङ लागेको लागेर घाइते भएकी रानाको कैलालीको धनगढीस्थित निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको थियो । उपचारका क्रममा उनको दिउँसो १२ बजे निसर्ग मृत्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।


