
विराटनगरसहित पूर्वका विभिन्न स्थानमा शुक्रबार बिहानै भुकम्पको धक्का महसुस गरिएको छ ।


बिहान ७ बजेर १२ मिनेटमा गएको भूकम्पबाट झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो । ४ दशमलव ५ म्याग्नेच्युटको भुकम्प गएको केन्द्रीय यूरो मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम भएको सेन्टरले जानकारी दिएको छ ।





प्रकाशित :- २०८१ श्रावण २५, गते शुक्रबार