कैलाली जिल्लाको कैलालरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ । कैलारी गाउँपालिका-५ मनिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय सागर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलारी गाउँपालिका-५ बयसपुरका १८ वर्षीय जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मङ्गलवार राति ९ः५० बजे दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार बिक गम्भिर घाईते भएका थिए ।
घाइते बिकको उपचारको क्रममा आज (वुधवार) बिहान ४ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


