नेकपा एमाले कैलाली जिल्लाको निर्वाचनको मतगणना सुरु भएको छ । १०० मत गणना गर्दा सम्म अध्यक्षका उम्मेदवार यज्ञराज ढुङ्गाना भारी मतले अगाडी छन् । उनको ५७ मत छ । त्यस्तै अर्का उम्मेदवार डेजी पाण्डेको ३१ र दुर्गा जोशीको १० मत रहेको छ ।
उपाध्यक्षमा दलबहादुर विष्टको ४१, लोकेन्द्र बहादुर शाहीको २८, विष्णु बहादुर चौधरीको १६ र गजेन्द्र बहादुर स्वारको २ मत रहेको छ ।
सचिवमा दानबहादुर विश्वकर्माको ३२, विष्णुकुमार चन्दको ३१ र ममता प्रसाद चौधरीको ३० मत रहेको छ ।
उपसचिवमा चूडामणि भट्टको ४३,नृप थ्यायत खड्काको १८ भुवन रिजालको १७ र राजु गुरुङको ११ रहेको छ ।
उपसचिव महिलामा गङ्गा कुमारी चौधरीको ३६, शान्ति देवी सिंहको २४, अम्बिका विष्ट मल्लको १९ र रत्ना कुवर जोशीको १५ मत रहेको छ ।
आज ५८० जनाले मतदान गरेका थिए ।


