गोदावरी नगरपालिकाबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन्।
नगरपालिकाको वडा नम्बर ४ बसन्तपुरबाट २१ वर्षीय कृष्ण साउँद लागुऔषध सहित पक्राउ परेका हुन्।
सोमबार साँझ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४६० क्याप्सुल ट्रामाडोल सहित साउँदलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका साउँदलाई इलाका प्रहरी मालाखेतीको हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित :- २०८१ श्रावण १, मंगलवार १९:२१


