कैलालीमा लागुऔषध सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी ) रमेश दत्त अवस्थीले जानकारी दिए। गएराति करीब साढे १० बजेको समयमा विशेष सूचनाका आधारमा घोडाघोडी नगरपालिका–१ को सुखडबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा घोडाघोडी–१ कै लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी,१९ वर्षीय बिनोद मिजार,१९ वर्षकै दिनेश बहादुर बिष्ट र दुई जना १८ वर्षीय किशोर रहेको प्रहरी नायब उपरीक्षक(डिएसपी) अवस्थीले बताए ।
उनकाअनुसार उनीहरूको साथबाट २१ ग्राम ८२० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८२ जेष्ठ २८, बुधबार ०७:३०


