
बाजुरा । बाजुराको मार्तडी कोल्टी सडकखण्डमा पर्ने खडुकामा शनिवार सुपप्र ०१ ००२ त ५०५५ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालक गौमुल गाउँपालिका-६ घर भई मार्तडी बस्दै आएका अन्दाजी ५० वर्षीय गोरख रोकाया घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

घाइते रोकायालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको थियो तर त्यहाँ बाट कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई खडुका भीरबाट करिव ६० मिटर तल खसेको थियो ।
