कर्तव्य ज्यान मुद्दामा ३ वर्ष कैद सजाय पाएका ६४ वर्षीय मनबहादुर ओली १४ वर्षपछि पक्राउ परेका छन्।
गंगादेव गाउँपालिका–३, साँझरखोला निवासी ओलीलाई जिल्ला अदालत रोल्पाले २०६८ वैशाख १५ गते ३ वर्ष सजाय सुनाएको थियो। त्यसयता उनी फरार थिए।
इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीको कमाण्डमा खटिएको टोलीले साउन २४ गते बिहान १०:३० बजे ओलीलाई उनको आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
अदालतमा पेश गरेपछि उनलाई सजाय भुक्तानका लागि जिल्ला कारागार रोल्पा चलान गरिएको प्रहरीले जनाएको छ।




