कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा एक युवकको हत्या गरिएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानी का २६ वर्षीय मोहन अधिकारीको हत्या भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
आफन्तको बिबाहमा घोडाघोडीबाट प्रतापुर आएका अधिकारीलाई मङ्गलवार राती कुटपिट गरी घाइते बनाइएको र उपचार गर्ने क्रममा मृत्यु भएको बताइएको छ । प्रतापपुरका स्थानीय युवा सँगको सामान्य विवादमा अधिकारीको हत्या गरिएको बताइएको छ । घटनामा संलग्न रहेका १४ जनालाई नियन्त्रणमा लिइएको र
थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए।