कैलाली । १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा भारतसँग १०-० गोल अन्तरले पराजित हुँदै बाहिरिएको छ । जितसँगै भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा ४ गोल खायो । फाइनलमा पुग्न दुवै टोलीलाई आजको खेल जित्नै पर्ने थियो । जितसँगै भारतको तीन खेलमा ६ अङ्क भएको छ ।
भारतले पहिलो खेलमा भुटानलाई ७ गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग २ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ३ गोलले हराएको थियो ।
बंगलादेश दुई खेलमा ६ अङ्कसहित फाइनलमा पुगिसकेको छ । भोलि बंगलादेशले राउण्ड रोबिन चरणको अन्तिम खेलमा भुटानसँग खेल्नेछ । भुटान अङ्कविहीन हुँदै बाहिरीसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।