कैलाली भन्सारका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामी कञ्चनपुरबाट पक्राउ परेका छन् ।
आइतबार बिहानदेखि फरार धामीलाई कैलाली प्रहरीको टोलीले कञ्चनपुरको झलारीमा लुकेको अवस्थामा पक्राउ गरेको हो ।
बैतडीको दशरथचन्द नगरपालिका–१० घर भएका ५३ वर्षका धामीलाई पक्राउ गरेर कैलाली ल्याइदैछ । अन्य तीन जना नगर प्रहरीलाई भने धनगढीबाट पक्राउ गरिएको छ ।
धामीसहितका नगर प्रहरीले शनिवार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेका थिए ।
उनीहरूविरूद्व अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी परेको छ ।


