
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष कृष्णबहादुर शाह बिहीबार दिउँसो गम्भीर अवस्थामा भेटिएका छन् ।
बिहीबार दिउँसो १ बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै विष सेवन गरेको अवस्थामा शाह फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले जानकारी दिए ।
शाह घरबाट हराएको भनी इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी आएपछि प्रहरी निरीक्षक साउँदको टोली खोजी कार्यका लागि शाहको घरमा पुगेको थियो ।
घरमा काम छ भनेर निस्केका शाहलाई गाउँलेले जङ्गल तिर गएको प्रहरीलाई बताएपछि प्रहरीले सिमली जङ्गलमा शाहलाई बेहोस अवस्थामा फेला पारेको बताएको छ । शाह भेटिएको नजिकै विष सेवनको बोतल समेत भेटिएको प्रहरी निरीक्षक साउँदले जानकारी दिए ।
शाहलाई उपचारका लागि अस्पताल पठाइएको छ । शाह नेकपा एमालेका घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत हुन्।







प्रकाशित :- २०८२ बैशाख ४, गते बिहीबार