
नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्लाको मध्य क्षेत्र सुखडमा अधिवेशनको उद्घाटन गरेका छन् ।

समारोहको उद्घाटन सत्रमा बोल्दै पार्टी अध्यक्ष ओलीले लोकतान्त्रिक र मर्यादित ढङ्गले नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । `निर्वाचन होस या सहमति मजबुत नेतृत्व चयन गर्न जरुरी छ । प्रतिनिधिसाथीहरुलाई महत्त्वपूर्ण जिम्मेवारी छ । आफ्नो जिम्मेवारीको सदुपयोग गर्नुहोला,`अध्यक्ष ओलीले भने ।
अबको नेतृत्वले आगामी ८४ को निर्वाचन सम्म नेकपा एमालेलाई कैलालीमा पहिलो पार्टी बनाउने गरी काम गर्नुपर्ने बताए । `मेरो कुनै उम्मेदवार छैन । यहाँहरूले सोच्नु भएको होला पार्टी अध्यक्षको कुनै उम्मेदवारलाई सहयोग होला त्यो गलत हो । मेरा लागि सबै उम्मेदवार बराबर हुन,´अध्यक्ष ओलीले भने । भोलि बिहान सम्म सहमति जुट्न नसके निर्वाचन प्रक्रियामा जान अध्यक्ष ओलीले निर्देशन दिएका छन्
आज र सोमवार हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन् । ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन् ।

उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।
सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, बक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् ।
२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।
त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् । अधिवेशन अन्तर्गत अहिले उद्घाटन शत्र चलिरहेको छ । अधिवेशन समारोहमा अन्य पार्टी छोडेर दर्जन बढी नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । बन्दशत्रबाट नेतृत्व चयन प्रक्रिया सुरु हुने छ ।