कञ्चनपुरमा चरेशसहित ३ जना किशोर पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका–४ शान्तीपुरमा से ७ प ८५५१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटीको डिग्गी भित्र लुकाई राखेको ४१ दशमलव ८१ ग्राम चरेशसहित तीन जना पक्राउ परेका हुन्। स्कुटीमा सवार सोही ठाउँ बस्ने १५ वर्षीय किशोर र बेलौरी नगरपालिका–६ भुराकोट बस्ने १६ वर्षका २ जना किशोर गरि तिनै जनालाई चरेश र स्कुटीसहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित :- २०८१ फाल्गुन २६, गते सोमबार

