राष्ट्रियता स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाण्डौ जिल्ला अदालतमा उपस्थित भएका छन् । जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि शुक्रबार उनी काठमाण्डौ आइपुगेका थिए र आज आफ्ना कानुनविद्हरूसँग लामिछाने जिल्ला अदालत काठमाण्डौ पुगेका हुन् ।

उनको मुद्दा जिल्ला न्यायाधीश माधव प्रसाद अधिकारीको ६ नम्बर इजलासमा सुनवाई सुरु भएको छ । काठमाण्डौ उनलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाण्डौको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी लगायत ३९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । आज अदालतमा उनको पहिले बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ भने त्यसपछि आदेश हुनेछ ।



