गोरखामा आयोजना भइरहेको यु(१३ राष्ट्रिय फुटबल प्रतियोगिताका लागि घोडाघोडी फुटबल एकेडेमी छनोटमा परेको छ । स्थापनाको १ वर्षमा नै एकेडेमी छनोटमा परेको हो । घोडाघोडीको मात्र नभई सुदूरपश्चिमको नै प्रतिनिधित्व गर्दै एकेडेमीले प्रतियोगितामा भाग लिने अवसर पाएको छ । यसै बिच एक कार्यक्रमका बिच खेलाडीहरूको बिदाइ गरिएको छ । एकेडेमीका सञ्चालक जीवन भट्टराईको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सहभागी हुने टोलीको बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै वडा न ८ का वडा सदस्य अप्सरा सुनारले राष्ट्रिय फुटबल प्रतियोगिताका लागि यस क्षेत्रको एकेडेमी छनोट हुनु खुसीको कुरा रहेको भन्दै सफलताको शुभकामना दिइन ।
टोलीलाई शुभकामना दिँदै स्थानीय व्यापारी पहल देउवाले सुुदुुरपश्चिामको प्रतिनिधि गर्दै खेल खेल्न पाउनु राम्रो अवसर रहेको बताए ।
बिदाइ कार्यक्रममा बोल्दै राष्ट्रिय मावि तारा नगरका शिक्षक लक्ष्मी प्रसाद शर्माले भने, घोडाघोडी एकेडेमीले सुनौलो अवसर पाएको छ । स्थापनाको एक वर्षमै राष्ट्रिय फुटबल प्रतियोगितामा छनोट हुनु भाग्यमानी हो । उनी भन्छन्,यसरी उत्पादन भएका खेलाडीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा सहयोग गर्न हामी तयार छौ ।
प्रतियोगिताका बारेमा जानकारी दिँदै एकेडेमीका सञ्चालक जीवन भट्टराईले खेलमा सुदूरपश्चिमकै प्रतिनिधिका रूपमा जान पाउँदा निकै खुसी लागेको बताए । उनले भने,एकेडेमी सञ्चालन गर्दा निकै कठिन परिस्थितिहरू पार गर्दै आयौ जसका कारण आज यो अवसर प्राप्त गर्न सफल भयौ ।
टिम खेल्न पाउनेमा खुसी हुँदा पनि सहयोगका लागि भने स्थानीय निकायले कुनै चासो नदेखाउँदा दुख लागेको उनले बताएका छन् । सुदूरपश्चिमकै प्रतिनिधिका रूपमा हाम्रो टिम गइरहेको छ उनले भने, सहयोगका लागि वडा न ८ को कार्यालय,नगरपालिकाले कार्यालय गयौ तर सहयोगका लागि बेवास्ता गरियो ।
अन्य पालिकाले खेललाई कति महत्वका साथ लिने गरेका छन् उनी भन्छन्,तर हाम्रो पालिकामा खेलको महत्त्व छैन । पालिकाले सहयोग नगरेपनि अन्य वैदेशिक रोजगारमा रहेका युवाहरूले भने सहयोग गरेको उनले जानकारी दिए । घोडाघोडी नगरपालिकाकै जापानबाट भरत चन्द,नाइजेरियामा रहेका हर्क चन्द,मुम्बईमा रहेका राजेन्द्र शाही र भरत शाहीले ट्र्याक सुट, टिसर्ट,गेम जर्सी,टोपी र चस्मा सहयोग गरेका छन् । प्रतियोगितामा सहभागी हुनका लागि व्यक्तिगत रूपमा अन्य व्यक्तिहरूले पनि आर्थिक सहयोग गरेका छन् ।
खेलका लागि दीपेश शाहीको क्याप्टेनमा रोशन शाही,जनक बिक,चन्द्र दमाई,नीरज बुुढा राजेश बिक,कपिल विष्ट,आर्यन नाथ,धन बहादुर रावत,खगेन्द्र परियार,कृष्ण सुनार,दीपेन्द्र बिक छनोटमा परेका छन् । टिम कोचका रूपमा जीवन भट्टराई रहेका छन् ।
घोडाघोडी फुटबल एकेडेमी सँगै देशभरिबाट नव जन जागृति युवा क्लब बारा, लक्ष्मी सामुदायिक शिक्षा सदन गोरखा,द वल्ड क्यापिटल माध्यमिक विद्यालय गोरखा,वालिङ युनाईटेड स्याांजा,समाज कल्याण खेलकुद विकास केन्द्र काठमाडौँ,वाल्मीकि शिक्षा सदन चितवन,स्यासि स्पोर्टस एकेडेमी चितवन,काकडभित्ता फुटबल टे«निङ सेन्टर झापा,थ्री स्टार क्लब ललितपुर,विराटनगर सिटी फुटबल क्लब मोरङ,द ओसन क्लब गोरखाले प्रतियोगितामा भाग लिनेछन् । खेल यही चैत्र २७ गते देखि १ गते सम्म गोरखामा हुनेछ ।