
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका एक युवक लागूऔषधसहित प्रहरीको फन्दामा परेका छन् ।

आईतवार दिउँसो धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट १ ग्राम २२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित धनगढी–५ बस्ने २७ वर्षीय करन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रकाशित :- २०८० चैत्र १२, गते सोमबार