
कैलालीको जानकी गाउँपालिका–७ बाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।


आइतबार प्रहरी सहायक हवल्दार मनोज धामीको टोलीले जानकी–७ उच्च गोलौरीबाट सोही स्थानका करिब १९ वर्षीय रबिन चौधरी र १९ वर्षकै राजेन्द्र महतोलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरी जनाएको छ ।
चेकजाँच गर्दा रबिन चौधरीले लगाएको पाइन्टको दायाँ खल्तिमा लुकाई राखेको ९२४ मिलिग्राम लागुऔषध फेला परेको थियो । दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।




